
प्रस्तुत विषयमा यस कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसमा परीक्षा केन्द्र रहेका कक्षा ११ को वार्षिक परीक्षा-२०७६ नेपाल सरकारले तोकेवमोजिमको स्वास्थ्य सुरक्षा सम्विन्ध मापडण्ड र सामाजिक दुरी पालना गरी मिति २०७७ मंसीर १० गतेदेखि १५ गतेसम्म दिउसो १२ : ३० बजेदेखि अपरान्ह ३ः३० सम्म यस सिनास क्याम्पसको परीक्षा केन्द्रमा सञ्चालन गरिने भएकोेले सम्वन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा तालिकाको लागि तलको लिंक हेर्नूहोला ।
साथै यस परीक्षा नेपाल सरकार, राष्ट्रिय परीक्षा वोर्डको नियममा रहेर सञ्चालन गरिने छ । परीक्षार्थीहरुले नेपाल सरकारको स्वास्थ्य सुरक्षाको मापडण्डमा रहेर यस परीक्षामा सामेल हुर्नेछ । कोभिड–१९बाट संक्रमीत परीक्षार्थीलाई नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ परिणाम आएपछि मात्रै छुटै परीक्षा पछि लिइनेछ ।
परशुराम राई
अध्यक्ष, परीक्षा सञ्चालन तथा प्रमाणिकरण समिति ।
२०७७।०७।१७