यस सिनास क्याम्पसमा अध्यनरत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष ९ गतेभित्र यस सिनास क्याम्पसमा परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) परीक्षा फारम सम्बन्धमाः
क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैले यस सिनास क्याम्पसमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा यस सिनास क्याम्पस जवाफदेही हुनेछैन ।
ख) परीक्षा सञ्चालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।
२) विषय छनोट सम्बन्धमाः
परीक्षा आवेदन फारममा त्रि. वि. अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिम (क्याम्पसले स्वीकृत पाएका विषयमा मात्र) विषयहरूमा मात्र भर्नु पर्नेछ र परीक्षा पनि सोही अनुसार दिनुपर्नेछ । यसमा अन्यथा हुन गई परीक्षा रद्द भएमा वा ट्रान्सक्रिप्ट लिनबाट बञ्चित भएमा परीक्षार्थी स्वयं जिम्मेवारी हुनुपर्नेछ ।
३) परीक्षा आवेदन फारम भर्दा अनिवार्य रुपले ध्यान दिनुपर्ने कुराहरूः
क) परीक्षा फारम भर्दा फारमको माथि र प्रवेश पत्रको माथि नियमित परीक्षार्थीले प्रथम वर्षमा कायम भएको परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले चौथो वर्षमा कायम भएको पछिल्लो रोल. नं. अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
ख) परीक्षार्थीहरूले परीक्षा आवेदन फारममा त्रि. वि. रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
क्याम्पस प्रशाशन
०१-४६०२०८४ (६:०० -१०:०० बिहान भित्र)
http://cnascollege.edu.np/?i=1